२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि नयाँदिल्ली लगियो, भएको के हो ?

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि नयाँदिल्ली लगियो, भएको के हो ?


काठमाडौं–पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । नेता खनाललाई बुधबार साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली लगिएको हो ।

नयाँदिल्ली लगिनुअघि खनालको नर्भिक अस्पताल उपचार भइरहेका थियो । उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले उनलाई आजै डिस्चार्ज दिएको हो ।

नर्भिक अस्पतालमा रहँदा उाको अवस्था स्थिर रहेको थियो । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि खनाललाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । खनाललाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो ।

नेता खनाललाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भएपनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो ।

दिल्ली उड्नुअघि पनि खनाललाई निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो, उनी कामिरहेका थिए । चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् ।

मूलतः नेता खनालमा मिर्गौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।

एमाले महासचिव ईश्वर पोखरेलले बुधबार नै खनाललाई नर्भिक पुगेर भेटेका थिए । सो क्रममा उनले खनालको स्वास्थ्यलाभको कामना गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ