२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपरिवारयोजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु

परिवारयोजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु


काठमाडौँ – नेपाल सी आर एस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु गरेको छ। कम्पनीले अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे बिस्तृत जानकारी दिने उद्देश्यले ‘मेरो संगिनी’ मोबाइल एप सुरु गरेको हो।

प्रजनन उमेरको जो कोहिलाई अतिउपयोगी हुने भएता पनि विशेष गरि किशोर तथा किशोरी एवम नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने नेपाल सी आर एस कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार एपमा भएको ‘प्राय सोधिने प्रश्नहरु’ खण्डले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयॊगकर्ताहरुलाई अझ बिस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसुचित छनौट गर्न मदत गर्नेछ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा नाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधन बारे सुसुचित छनौट गर्न सहयोग पुर्याउने बताएका छन् ।

नेपाल सी आर एस कम्पनीले सामाजिक बजारीकरणको सिध्हांत अनुसार विगत चार दशक भन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको विक्रि-वितरण तथा व्यवहार परिबर्तन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ।

यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ