२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए २८२८ कोभिड-१९ संक्रमित, ५२को मृत्यु

थपिए २८२८ कोभिड-१९ संक्रमित, ५२को मृत्यु


काठमाडौँ – थप २ हजार ८ सय २८ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

 हालसम्म संक्रमित पुष्टि भएको संख्या ६ लाख ३७ हजार ४ सय ३३ जना पुगेको छ  ।

बुधबार मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले परीक्षण दर घट्दै गएको जानकारी दिए । उनले भने, ‘परीक्षण गर्न आउनेको संख्या र संक्रमितको संख्या ओरालो लाग्दै गएको छ   ।’

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३  हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै कोभिडमुक्त हुने संख्या ५ लाख ४३  हजार ५  सय २१  जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ