२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्यो, ‘बाढी पहिरोका कारण पानीजन्य रोगहरु लाग्न सक्छ, सजग रहौं’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘बाढी पहिरोका कारण पानीजन्य रोगहरु लाग्न सक्छ, सजग रहौं’


काठमाडौँ – सरकारले कोभिड-१९ संक्रमणसँगै केहि दिन देखि परेको वर्षाका कारण पानीजन्य रोगहरु पनि बढ्न सक्ने भन्दै सजगता अपनाउन सबैमा आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गरी वर्षाका कारण धेरै स्थानमा बाढी पहिरो जाँदा विभिन्न रोग लाग्न सक्ने भन्दै सबैमा सजग हुन् आग्रह गरेको हो।

मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको] विज्ञप्तिमा भनिएको छ, ‘ बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी समस्याहरु झनै बढ्नसक्ने तर्फ सबै सजग हुनु जरुरी देखिन्छ । उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गाउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन अनुरोध छ।’

मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले बाढी पहिरोमा परि बेपत्ता भएका नागरिकहरुको खोजी तथा प्रभावित व्यक्तिहरुको उद्धारमा सरकारका सबै संयन्त्र परिचालन भएको भन्दै यस कार्यमा सघाउन आग्रह समेत गरेका छन्।

उनका अनुसार हालको विषम परिस्थितमा घाइते, संक्रमित तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सबै प्रवन्ध मिलाउने कार्य सरकारकोतर्फबाट भैरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ