२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको वार्षिक बजेट ८२ करोड ९ लाख, छात्रवृत्ति कार्यक्रमका लागि ७८ करोड ६ लाख

चिकित्सा शिक्षा आयोगको वार्षिक बजेट ८२ करोड ९ लाख, छात्रवृत्ति कार्यक्रमका लागि ७८ करोड ६ लाख


काठमाडौं-चिकित्सा शिक्षा आयोगको वार्षिक बजेट ८२ करोड पारित भएको छ । गत शुक्रबार बसेको आयोगको बैठकले आगामी वर्षका लागि आयोगको बजेट ८२ करोड ९ लाख रुपैयाँ पारित गरेको हो ।

आयोगको बजेटमा स्थायी कर्मचारीको पारिश्रमिकमा खर्चमा २ करोड ४९ लाख रुपैयाँ पारित भएको छ । पदाधिकारीको पारिश्रमिकमा ४६ लाख र कर्मचारी पोशाकमा ४ लाख रुपैयाँ बजेट पास भएको छ ।

यस्तै, स्थायी कर्मचारीको महंगी भत्तामा ९ लाख रुपैयाँ, अन्य भत्ता (पाले पहरा, प्रसुति स्याहार)मा १ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै पदाधिकारीको बैठक भत्ता ११ लाख रुपैयाँ, पदाधिकारीको औषधी उपचार, सञ्चारलगायतको सुविधाका लागि ५ लाख रुपैयाँ, स्थायी कर्मचारीको योगदानमा आधारित निवृतीभरणमा १ लाख रुपैयाँ, स्थायी कर्मचारीको योगदानमा आधारित बिमाका लागि २ लाख रुपैयाँ बजेट तोकिएको छ ।

यस्तै, आयोगको सञ्चार सुविधाका लागि १ लाख रुपैयाँ, सवारी साधन बिमा र नवीकरणका लागि ७ लाख रुपैयाँ, सेवा करार शुल्कका लागि ५२ लाख रुपैयाँ बजेट तोकिएको छ ।

यस्तै, छात्रवृत्ति कार्यक्रमका लागि सबैभन्दा बढी बजेट ७८ करोड ६ लाख रुपैयाँ छुट्याइएको छ भने आयोगको भवन निर्माण तयारीका लागि १५ लाख रुपैयाँ बजेट तोकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ