२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४४३ जनामा कोभिड-१९ पुष्टि, ५१को मृत्यु

थप २४४३ जनामा कोभिड-१९ पुष्टि, ५१को मृत्यु


काठमाडौं – देशभर थप २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्।

 पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ