२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप


काठमाडौँ – काठमाडौँ उपत्यकामा १६ वैशाखबाट जारी निषेधाज्ञा एक साता लम्बाइएको छ। आइतबार उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञालाई एक साता लम्ब्याउने निर्णय गरेको हो।

अबको निषेधाज्ञा १४ असार मध्यरातसम्म लागु हुनेछ। काठमाडौँ उपत्यकामा फैलिएको कोभिड-१९को संक्रमणको जोखिम कम नभएको निस्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको हो।

यस अवधिमा निषेधाज्ञा केहि खुकुलो बनाउने तयारी छ । मंगलबारबाट बारअनुसार निजी सवारी साधन जोरबिजोर प्रणालीअन्तरर्गत  चलाउन दिइने निर्णय भएको छ । तर, सार्वजनिक यातायात भने चलन दिइने छैन ।

यस्तै, बारअनुसार पसलहरु पनि खोल्न पाइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ