२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २२९७ जनालाई कोभिड-१९ पुष्टि, ४६को मृत्यु

थप २२९७ जनालाई कोभिड-१९ पुष्टि, ४६को मृत्यु


काठमाडौं -देशभर २ हजार २९७ जनामा कोभिड पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १० हजार ९०४  जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९७ जनामा कोभिड  पुष्टि भएको हो।

यस्तै,  पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७७२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो  २४ घण्टामा  ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ।
नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमित निको भइसकेका छन्।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ