२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ सम्मानित

नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ सम्मानित


ललितपुर—नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ सम्मानित भएका छन् । ८ जेठमा ललितपुर महानरपालिकाले डा. श्रेष्ठलाई सम्मान गरेको हो ।

महानगरपालिका मेयर चिरिबाबु महर्जन एवं उप—प्रमुख गीता सत्याल उपस्थितिमा सम्मान समारोह भएको थियो । कार्यक्रममा मेयर महर्जनले क्यान्सर निदान, उपचार र शोधमा डा. श्रेष्ठले अतुलनीय योगदान पुर्याएको र उनले हालसालै पाएको कोबायाशी फ़ाउण्डेशन पुरस्कार यसै समर्पणको एक मूर्त रुप भएको बताए ।

उपमेयर सत्यालले ललितपुर जिल्लामा जन्मेर यसै क्षेत्रलाई आफ्नो कार्यक्षेत्र समेत बनाएर स्वस्थ सहर निर्माणका लागि डा श्रेष्ठले कर्मठ रुपले आफ्नो कर्तव्य पालना गरेको भन्दैं ललितपुर महानगरले डा. श्रेष्ठलाई गर्न पाउँदा आफूहरुले गौरवान्वित भएको विचार व्यक्त गरिन् ।

यस्तै, ललितपुर महानगरपालिकाका २९ वटै वडाहरुका स्वास्थ्य केन्द्रहरुलाई नेपाल क्यान्सर हस्पिटलको सहयोगमा क्यान्सरको प्रारम्भिक निदानका लागि सुदृढीकरण गर्ने र स्थानीय निकायहरुको सहकार्यमा समुदायमा आधारित क्यान्सरका रोकथामका कार्यक्रमहरु संचालन गर्ने विषयमा पनि उक्त बैठकमा अधिकारीहरुसँग छलफल भएको थियो ।

हालै डा. श्रेष्ठले कोबायाशी क्यान्सर फ़ाउण्डेशन अवार्ड २०२० प्राप्त गरेका थिए । यो अवार्ड क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने चिकित्सक एवं शोधकर्ताहरुलाई जापानको कोबायाशी फ़ाउण्डेशनद्वारा प्रदान गरिन्छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ