२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४७४ जनामा कोभिड-१९ पुष्टि, २४को मृत्यु

थप २४७४ जनामा कोभिड-१९ पुष्टि, २४को मृत्यु


काठमाडौं – थप २ हजार ४७४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टीजेन गरी १२ हजार २ सय ३२ स्वाब परीक्षण गरिएकोमध्ये २ हजार ४ सय ७४ जनामा कोभिड पुष्टि भएको हो।

यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ।

यस्तै, थप २ हजार ५ सय १८ जना संक्रमित निको भएका छन् । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । हाल निको हुने संक्रमितको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ भने ८ हजार ९१८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले देशभर ४९ हजार ५५५ जना सक्रिय संक्रमित छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ