२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठले पाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिएका हुन् ।

यसअघिका स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ सर्वोच्च अदालतको मन्त्रिपरिषद् विस्तार सम्बन्धि अन्तरिम आदेशसँगै पदमुक्त भएपछि कृष्णगोपाललाई जिम्मेवारी दिइएको हो ।

उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पनि हुन् । प्रधानमन्त्री ओलीले उनलाई स्वास्थ्य मन्त्रालयसँगै वन तथा वातावरण, युवा तथा खेलकूद, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

स्वास्थ्यको जिम्मेवारी पाएका श्रेष्ठ काठमाडौं—९ बाट विघटित प्रतिनिधीसभामा विजयी भएका थिए ।

वि.सं. २०१५ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी वि.सं. २०३७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै त्यसपछि मूलधारको राजनीतिमा आएका हुन् । आवद्ध भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ