२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१९ असारलाई तय भएको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा स्थगित

१९ असारलाई तय भएको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा स्थगित


काठमाडौं—१९ असारमा पहिलो पटक हुन लागेको स्वास्थ्यकर्मीको लाइसेन्स (दर्ता) परीक्षा स्थगित भएको छ । कोभिड—१९ को संक्रमण तीब्र बनेका कारण नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा स्थगित गरेको परिषद्का रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए ।

परीक्षा समितिले कोभिड—१९ को महामारी तीब्र रुपमा फैलिएको र देश बन्दाबन्दीमा रहेको विषम अवस्थामा परीक्षा सञ्चालन गर्दा देशका विभिन्न ठाउँबाट परीक्षामा सहभागी हुन अहिलेकै अवस्थामा परीक्षार्थीहरु काठमाडौं आउन नसक्ने भन्दैं परिषद्लाई परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा २ असारमा बसेको परिषद्को बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि १० बैशाखमा बसेको परिषद्को बैठकले पहिलो पटक स्वास्थ्यकर्मीको लाइसेन्स लिने निर्णय गरेको थियो । उक्त बैठकले १९ असारमा लाइसेन्स परीक्षा मिति तोकेर अनलाइन आवेदन फाराम पनि माग गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल स्वास्थ्य व्यवसायी परिषद्, #स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ