२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभिशिल्ड खोप अवैद्य रुपमा नेपाल भित्रिएको दावी, ३ देखि ५ हजारसम्ममा लुकिछिपी बिक्री !

कोभिशिल्ड खोप अवैद्य रुपमा नेपाल भित्रिएको दावी, ३ देखि ५ हजारसम्ममा लुकिछिपी बिक्री !


काठमाडौं—राष्ट्रिय उपभोक्ता मञ्चले नेपालमा अवैध रुपमा कोभिशिल्ड खोप भित्रिएको जनाएको छ । आइतबार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालको पूर्वी नाकाबाट काठमाडौंलगायतका सहरी स्थानमा अवैद्य रुपमा कोभिशिल्ड भित्रिएको दावी गरेका छन् ।

केही अनुचित व्यापारिक क्रियाकलाप गर्ने, जनस्वास्थ्यमाथि खेलवाड गर्ने केही भ्रष्ट मनस्थितीका व्यक्तिहरुले नेपालको पूर्वी नाकाहरुबाट काठमाडौंलगायतका सहरी क्षेत्रमा ल्याई अवैद्य रुपमा कोभिशिल्ड ल्याएर लुकिछिपी बिक्री गरेको सूचना आफूहरुले पाएको उनले बताएका छन् ।

महर्जनले चिकित्सकहरुबाट पाएको सूचनाअनुसार उक्त अवैद्य रुपमा भित्रिएको कोभिशिल्ड खोप ३ देखि ५ हजार रुपैयाँ डोज बिक्री हुने गरेको दावी गरेका छन् ।

‘सरकारी संयन्त्रबाट नै खोप गायब भएको समाचार र भारतको बंगालमा नक्कली कोभिशिल्ड बजारमा बिक्री भइरहेको समाचार विश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको छ,’ मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उसले आवश्यक अनुसन्धान गरी अवैद्य काममा संलग्न हुनेलाई कारवाही गर्न समेत माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ