२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४४४ जनामा कोभिड-१९ पुष्टि, ४२ को मृत्यु

थप २४४४ जनामा कोभिड-१९ पुष्टि, ४२ को मृत्यु


काठमाडौँ – नेपालमा थप २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ८५३ जना निको भएका छन्। यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ।

सोमबार देशभर ३७ हजार ९५० सक्रिय संक्रमित छन्।

यता, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ४२ जनाको निधन भएको छ। यससँगै नेपालमा संक्रमणबाट ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ