२०८१ फागुन १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप २८९२ जनामा कोभिड-१९ पुष्टि, ४१को मृत्यु

देशभर थप २८९२ जनामा कोभिड-१९ पुष्टि, ४१को मृत्यु


काठमाडौं – थप २ हजार ८ सय  ९२ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५  सय ६८ जनामा भएको कोभिड परीक्षणमा थप २ हजार ८ सय  ९२ जनामा कोभिड पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ९७ जना कोभिड संक्रमित निको भएका छन्। यससँगै नेपालमा निको हुने संक्रमितको संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ।

यता, पछिल्लो २४ घन्टामा ४१ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा कोभिडका कारण ९ हजार १ सय  १२ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ