२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२२ असारबाट भेरोसेलको दोस्रो खोप दिइँदै

२२ असारबाट भेरोसेलको दोस्रो खोप दिइँदै


काठमाडौं –  स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै भेरोसेलको दोस्रो डोज २२ गतेबाट लगाउने तय भएको जनाएको हो।

खोप लगाउने केन्द्रहरु काठमाडौंका विभिन्न स्थानीय तहहरुमा तोकिएको छ।

गत २५ जेठगतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो। सोही समूहलाई दोस्रो डोज दिन लागिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ