२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४०१७ जना कोभिड—१९ संक्रमणमुक्त, २७६० जना नयाँ संक्रमित थपिए

४०१७ जना कोभिड—१९ संक्रमणमुक्त, २७६० जना नयाँ संक्रमित थपिए


काठमाडौं-नेपालमा थप २ हजार ७ सय ६० जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६० जना संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड १९ बाट संक्रमित हुनेको संख्या ६ लाख ४० हजार ६ सय ६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १७ जना कोभिड-१९ संक्रमणमुक्त भएका हुन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३ जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ