२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयका सहसचिव डा. रेग्मी सचिवमा बढुवा

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. रेग्मी सचिवमा बढुवा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. दामोदर रेग्मी सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई सचिवमा बढुवा गरेको हो ।

बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको हो । प्रशासनतर्फ डा. रेग्मीसँगै गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका छन् । यस्तै कृषि तथा वन सेवा र इन्जिनियरिङ सेवातर्फका डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यलाई पनि सचिवमा बढुवा भएका छन् ।

डा. रेग्मी यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महत्वपूर्ण महाशाखा प्रशासन महाशाखाका प्रमुख थिए । निकै विवादित बनेको स्वास्थ्यको समायोजन उनी आएपछि पूरा भएको छ । डा. रेग्मी प्रशासनतर्फको सचिवका लागि पहिलो नम्बरमा रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ