२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयका सहसचिव डा. रेग्मी सचिवमा बढुवा

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. रेग्मी सचिवमा बढुवा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. दामोदर रेग्मी सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई सचिवमा बढुवा गरेको हो ।

बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको हो । प्रशासनतर्फ डा. रेग्मीसँगै गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका छन् । यस्तै कृषि तथा वन सेवा र इन्जिनियरिङ सेवातर्फका डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यलाई पनि सचिवमा बढुवा भएका छन् ।

डा. रेग्मी यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महत्वपूर्ण महाशाखा प्रशासन महाशाखाका प्रमुख थिए । निकै विवादित बनेको स्वास्थ्यको समायोजन उनी आएपछि पूरा भएको छ । डा. रेग्मी प्रशासनतर्फको सचिवका लागि पहिलो नम्बरमा रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ