२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीले भने, ‘अब भ्याक्सिनको समस्या छैन’

प्रधानमन्त्री ओलीले भने, ‘अब भ्याक्सिनको समस्या छैन’


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोभिड-१९ विरुद्धको भ्याक्सिनको समस्या नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले अब भ्याक्सिनको समस्या नरहेको बताएका हुन् ।

‘अब भ्याक्सिनको समस्या छैन्,’ उनले भने, ‘पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’ सरकारले चीनसँग कोभिड-१९ विरुद्धको भ्याक्सिन खरिदको प्रक्रिया पूरा गरेको र पहिलो खेप भ्याक्सिन केही दिनमै नेपाल आउने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

भारतबाट खरिद गरेको खोप नआउँदा दोस्रो डोज दिन समस्या भएको भन्दैं उनले अब त्यस्तो समस्या नहुने बताए । ओलीले केही दलका नेताहरुले खोप नदेउ हामी आएपछि दिन्छौं भनेर लबिइङ गरिरहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निकट स्रोतकाअनुसार चिनियाँ कम्पनी सिनोफार्मबाट खोप भेरोसेल ल्याउने तयारी पूरा भएको  छ । ‘केही दिनमै १० लाख डोज जति खोप आउँछ,’ मन्त्रालय निकट स्रोत भन्छ, ‘अरु खोप पनि विस्तारै आउनेछ ।’

पहिलो डोज खोप लिनका लागि केही दिनमै नेपाल एयरलाइन्सको जहाज बेइजिङ जादैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ