२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनसँग कोभिड-१९ खोप खरिद सम्झौता, हरेक हप्ता आपूर्ति हुने

चीनसँग कोभिड-१९ खोप खरिद सम्झौता, हरेक हप्ता आपूर्ति हुने


काठमाडौँ – सरकारले चिनीयाँ कम्पनी सिनोफार्मसँग कोभिड-१९ विरुद्धको खोप खरिदका लागि सम्झौता गरेको छ ।  स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता भएको हो ।

तर, सरकारले सिनोफार्मसँग कति मात्रामा खोप किन्न लागेको हो भन्ने कुरा सार्वजनिक गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि सम्झौता भएको पुष्टि गरेका छन् ।

‘पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको राजधानी बेइजिंगस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ’,विज्ञप्तिमा छ, ‘खोपको निरन्तर आपूर्तिबाट कोभिड-१९ विरुद्धको खोप अभियान सुचारु हुने गरी व्यवस्था मिलाइएको छ।’

सरकारले चीनसँग नन् डिस्क्लोजेवल एग्रीमेन्ट गरेर खोप खरिद गर्न लागेको हो ।  जसकारण सरकारका अधिकारीले खोप खरिद बारे विस्तृत विवरणहरु खुलाउन चाहिरहेका छैनन् ।

यसअघि सरकारले छिमेकी देशहरु चीन, भारत र कोभ्यक्स सुविधामार्फत ४२ लाख ४८ हजार मात्रा खोप प्राप्त गरी खोप अभियान संचालन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ