२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त

त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त


काठमाडौं—त्रिवि शिक्षण अस्पतालको उप-निर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । सोमबार  चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन डा. दिब्यासिंह शाहले उनलाई उपनिर्देशकको नियुक्त गरेकी हुन् ।

अस्पतालका निर्देशक डा. दिनेश काफ्ले उनलाई उपनिर्देशकका लागि सिफारिस गरेका थिए । शिक्षण अस्पतालमा दुई उपनिर्देशक रहने व्यवस्था छ । जसमध्ये एक उपनिर्देशकमा यसअघि नै क्रिटिकल केयरका चिकित्सक डा. सुवास आचार्य नियुक्त भइसकेका छन् ।

१४ वर्षदेखि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान र त्रिवि अस्पतालमा कार्यरत डा. दास बरिष्ठ फिजिसियन हुन् । उनले त्रिवि शिक्षण अस्पतालबाटै एमबीबीएस र एमडी गरेका हुन् ।

‘त्रिवि शिक्षण अस्पतालमा म रहेको एमबीबीएस पढाइदेखि नै हो,’ हेल्थआवाजसँग उनले भने, ‘मैले यहीबाट नै एमडी नै गरे । सबै जोड्दा त्रिवि शिक्षणमा बिताएको २६ वर्ष भएछ ।’

डा. दास कोभिड—१९ महामारीका बेला त्रिविको कोभिड—१९ युनिटका इन्चार्ज रहेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #उप-निर्देशक, #डा. दिनेश काफ्ले, #डा. दिब्यासिंह शाह, #डा. सन्तकुमार दास, #त्रिवि शिक्षण अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ