२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारBreaking: क्याबिनेटद्वारा स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत

Breaking: क्याबिनेटद्वारा स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत


काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको क्याबिनेटको बैठकले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत गरेको प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ ।

‘कोभिड—१९ का बेला स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दीका लागि मन्त्रालयबाट प्रस्ताव आयो,’ स्रोतले भन्यो, ‘स्वास्थ्य सेवातर्फको सचिव नहुँदा काम—कारवाही प्रभाकारी हुन नसकेको भन्ने आएपछि स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत भएको छ ।’

यसअघि तत्कालीन स्वास्थ्य सेवातर्फकी सचिव डा. पुष्पा चौधरीसँग त्यतिबेलाका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विवाद भएपछि उनलाई प्रधानमन्त्री कार्यलय तानिएको थियो । त्यस विरुद्ध उनी सर्वोच्च अदालत गएकी थिइन् । सर्वोच्चले उनको पक्षमा फैसला गरेपछि उनी पुनः स्वास्थ्य सेवातर्फकी स्वास्थ्य सचिवका रुपमा मन्त्रालयमा फर्किएकी थिइन् ।

त्यसको केही समयमै उनी स्वास्थ्य सचिवबाट राजीनामा दिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा जागिर खान गइन् । त्यसपछि स्वास्थ्य सेवातर्फको सचिव पद स्वतः खारेजीमा परेको थियो ।

तर, स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले मन्त्रालयका काम कारवाही प्रभावकारी रुपमा अगाडि बढाउन स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी कायम गर्नुपर्ने आवाज उठाउँदैं आएका थिए । स्वास्थ्यका उच्च अधिकारीले माग गरेपछि स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दीका लागि स्वास्थ्यले सामान्य प्रशासनमा प्रस्ताव पठाएको थियो । तर, सामान्य प्रशासनले त्यतिबेला स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी कायम गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव फर्काइदिएको थियो ।

तरपनि स्वास्थ्य अधिकारीहरुले निरन्तर स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दीका लागि दबाब दिदैं आएका थिए । जसका कारण सोमबारको क्याबिनेट बैठकले स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत गरेको छ ।

यससँगै अब स्वास्थ्य सेवातर्फबाट सचिव बन्ने बाटो खुलेको छ । अहिले स्वास्थ्य सेवातर्फको सचिव बन्ने लाइनमा मन्त्रालयका प्रमुख विशेषज्ञहरु डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र डा. दीपेन्द्ररमण सिंह रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य सेवातर्फको सचिव


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ