२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप २९७९ जनामा कोभिड-१९ पुष्टि, २८को मृत्यु

देशभर थप २९७९ जनामा कोभिड-१९ पुष्टि, २८को मृत्यु


काठमाडौँ – देशभर थप २ हजार ९ सय ७९ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जनाएअनुसार  पछिल्लो २४ घण्टामा थप थप २ हजार ९ सय ७९ जनामा कोभिड-१९ पुष्टि भएको हो।

काठमाडौँ उपत्यका मात्रै ५ सय ४३ जना कोभिड-१९ पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

प्रवक्ता डा. पौडेलका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रसुवा, मोरङ, कास्की, झापा र सुनसरी गरी ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेकाे छ  । बुधबार मात्रै २३ हजार ७ सय ५६ सक्रिय केस रहेको डा. पौडेलले जानकारी दिए ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३३ जना संक्रमित निको भएका छन् भने  थप २८ जना संक्रमितले ज्यान गुमाएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ