२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ औं तहका तीनसहित ३१ जना स्वास्थ्य सचिवको दौडमा, क–कसको नाम जाँदैछ सामान्यमा

१२ औं तहका तीनसहित ३१ जना स्वास्थ्य सचिवको दौडमा, क–कसको नाम जाँदैछ सामान्यमा


काठमाडौं—क्याबिनेट बैठकले स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी सोमबार स्वीकृत गरेसँगै सचिव नियुक्तिका लागि बाटो खुलेको छ । स्वास्थ्य सेवातर्फको सचिवमा तीन जना १२ औं तहका प्रमुख विशेषज्ञसहित ३१ जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

सचिवका लागि १२ औं तहका प्रमुख विशेषज्ञहरु डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र डा. दीपेन्द्ररमण सिंहबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यसमध्ये  श्रेष्ठ साउनमा अवकास पाउने भएकाले डा. पोखरेल र डा. सिंह सचिवका मुख्य दाबेदार हुन् ।

तर, सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा ऐन उल्लेख भएअनुसार १२ औं तह अथवा ११ औं तह भएको ५ वर्ष पुगेका उम्मेदवारलाई पनि स्वास्थ्य सचिवको दौडमा समावेस गर्ने भएपछि स्वास्थ्य मन्त्रालयसँग मापदण्ड पुगेकाको नामावली मागेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार यसअघि प्रदेश स्वास्थ्य सचिवका लागि नै ११ औं तहका सिनियरहरु लिष्ट सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको र तिनै दोहो¥याएर पठाउने तयारी गरेको छ । यसअघि १२ औं तहका प्रमुख विशेषज्ञलाई नै सचिव तोकिने प्रचलन रहेका कारण यस पटक पनि १२ औं तहकै मध्येबाट सचिव छानिने सम्भावना धेरै छ ।

तर, ऐनमा ११ औं तहमा पाँच वर्ष अवधि पूरा भएका अधिकारीहरु पनि सचिवका लागि योग्य भनिएका कारण सामान्य प्रशासनले नामावली माग गरेको सामान्य प्रशासन स्रोतले जानकारी दियो । ‘सामान्यतयाः १२ औं तहका उम्मेदवार हुँदाहुँदै ११ औं तहकालाई सचिव बनाउन उचित हुँदैन्,’ स्रोतले भन्यो, ‘तर, ऐनमा भएको प्रावधानअनुसार हामीले स्वास्थ्यसँग समयवाधि पुगेका उम्मेदवारको नामावली मागेका छौं ।’

यसअघि प्रदेश स्वास्थ्य सचिवका सामान्यले माग गरेअनुसार स्वास्थ्य मन्त्रालयले बरिष्ठताका आधारमा ११ औं तहका २८ अधिकारीहरुको नाम पठाएको थियो । ११ औं तहको बरियतामा पहिलो नम्बरमा डा. भीमसिंह टिकंरी छन् । यस्तै, दोस्रो नम्बरमा डा. गुणराज लोहनी छन् । त्यस्तै, तेस्रो नम्बरमा डा. तारा पोखरेल, चाैथाेमा नम्बरमा डा. तारानाथ पौडेल, पाँचाै नम्बरमा सुनिलराज शर्मा घिमिरे, छैटाै नम्बरमा डा. कृष्णप्रसाद पौडेल, साताैं नम्बरमा डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय, आठौं नम्बरमा डा. संगीता कौशल मिश्रा र नवाैं नम्बरमा डा. श्यामसुन्दर यादव छन् ।

त्यसपछि क्रमसः डा. श्रीकृष्ण श्रेष्ठ, डा. रामपदारथ विच्छा, डा. सुदेश सुवेदी, गोमा देवी निरौला श्रेष्ठ, डा. जागेश्वर गौतम, बद्रीबहादुर खड्का, डा. अमिरबाबु श्रेष्ठ र डा. विनोदबिन्दु शर्मा छन् । यस्तै, डा. विकास देवकोटा, डा. टंकप्रसाद बारकोटी, डा. संजयकुमार ठाकुर, डा. प्रमोदकुमार उपाध्याय, डा. प्रविन श्रेष्ठ, डा. रघुनन्दन ब्याजु, डा. अजित रायमाझी, डा. कल्पना उपाध्याय (सुवेदी), डा. सुधा देवकोटा, डा. डेला सिंह र डा. श्रीधर आचार्य रहेका छन् ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार सामान्यले स्वास्थ्य सेवातर्फको सचिवका लागि नाम पठाउन भनेपछि यिनै नामहरु पठाउने तयारी भएको छ । ‘हामीले ११ औं तहका बरिष्ठ अधिकारीहरुको सूची पहिले नै सामान्यलाई पठाइसकेका छौं,’ स्वास्थ्य स्रोतले भन्यो, ‘सम्भवतः तिनै नामहरु जान्छन् ।’


क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य सेवातर्फको सचिव


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ