२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानमा भइरहेको आन्दोलनका जायज माग सम्बोधन गर्न कांग्रेसको माग

विपी प्रतिष्ठानमा भइरहेको आन्दोलनका जायज माग सम्बोधन गर्न कांग्रेसको माग


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीले उठाएका जायज मागहरु पूरा गर्न नेपाली कांग्रेसले माग गरेको छ । शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल संवादमातर्फत प्रतिष्ठानमा सहज वातावरण निर्माण गर्न माग गरेका छन् ।

विभिन्न मागहरु राखेर विपी प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी र कर्मचारीले आन्दोनल जारी राखेको एक महिना पुग्दा पनि प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान नगरेकोमा कांग्रेसले गम्भीर चिन्ता समेत व्यक्त गरेको छ ।

कोभिड—१९ महामारीका बेला स्वास्थ्य प्रतिष्ठानमा द्वन्द्व जारी रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिकलाई समेत गम्भीर असर पर्ने भन्दैं प्रधानमन्त्रीले ध्यान नदिनुलाई कांग्रेसले दुखद् भनेको छ ।

विपी प्रतिष्ठानमा सुधारको माग गर्दै विगत लामो समयदेखि त्यहाँ कार्यरत चिकित्सक, विद्यार्थी र कर्मचारी आन्दोलित छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ