२०७८ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट

त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट


काठमाडौँ – त्रिशुली अस्पतालमा एक जनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका चारवटा नमुनामध्ये एउटा नमुनामा ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।

डा. दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्ति अनुसार अस्पतालले सो चारवटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । सो क्रममा तीन वटामा डेल्टा र एक वटामा डेल्टा प्लस भेरियन्ट देखिएको हो ।

डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस भेरियन्ट डेल्टा भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको अस्पतालले जनाएको छ ।

उक्त भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको छ । अस्पतालले त्रसित नभई स्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)