२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसन् २०२१ भित्रमा मोटामोटी रुपमा भ्याक्सिन लगाइसक्ने गरी प्रयास गरिरहेका छौं : प्रधानमन्त्री

सन् २०२१ भित्रमा मोटामोटी रुपमा भ्याक्सिन लगाइसक्ने गरी प्रयास गरिरहेका छौं : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र कोभिड—१९ विरुद्धको भ्याक्सिन लगाइसक्ने गरी सरकारले प्रयास गरिरहेको बताएका छन् । आइतबार वीर अस्पताल नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले अब भ्याक्सिनको अभावबाट तडपिनुपर्ने अवस्था नआउने बताए ।

‘हाम्रो क्षमताले कति भ्याउँछ, त्यो भन्दा अलि पर पनि जान सक्छ,’ उनले भने, ‘तर, अब भ्याक्सिनको अभावमा तडपिनुपर्ने स्थिती आउँदैन ।’ केही समय त्यो अवस्था आएपनि अब त्यस्तो अवस्था नआउने उनको भनाइ थियो ।

प्रधानमन्त्री अब निरन्तर भ्याक्सिनको आपूर्ति हुने पनि बताए । ‘तेस्रो लहर, चौथो लहर चल्छ भन्ने छ । हामी कहाँ भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ,’ उनले भने । प्रधानमन्त्रीले भ्याक्सिन निरन्तर ल्याउने, जनतालाई निरन्तर खोप उपलब्ध गराउने गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने बताए । ‘अभाव हुन नदिन नयाँ सम्झौताका लागि सहमतिका प्रयासहरु गरिराख्या छौं,’ उनले भने, ‘त्यसका लागि संवादहरु गरिराख्या छौं ।’

प्रधानमन्त्रीले जनतामा सचेतनाको मात्रा बढेको उल्लेख गरे । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्ने बताए ।

‘अब लापरवाही गर्ने होइन्,’ उनले भने, ‘सजगता बढाउने हो, कायम राख्ने हो । थप उपचारका सुविधालाई हामीले सदुपयोग गर्ने हो ।’ उनले नेपाली जनताको जीवन रक्षा गर्नमा सरकार सफल हुने विश्वास समेत व्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ