२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३९१ सहित १८३१ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु

काठमाडौं उपत्यकामा ३९१ सहित १८३१ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु


काठमाडौं – देशभर थप १ हजार ८३१ जनालाई कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन विधि गरी ९ हजार २१८ स्वाब परीक्षण गर्दा १ हजार ८ सय ३१ जनामा कोभिड-१९ पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा आइतबार ३९१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ गरी ३९१ जना रहेका छन्।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ६ लाख ११ हजार ८९४ हजार जना संक्रमित उपचारपछि निको भएका छन् भने ९ हजार ३८२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ