२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतलब, भत्ता नपुगेको भए भोलि १ बजेसम्म विवरण पठाऊ : स्वास्थ्य मन्त्रालय

तलब, भत्ता नपुगेको भए भोलि १ बजेसम्म विवरण पठाऊ : स्वास्थ्य मन्त्रालय


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा समायोजन भएका स्वास्थ्यका कर्मचारीको नपुगेको तलब, भत्ता, महंगी भत्ता र स्थानीय भत्ता नपुगेको भए एकदिन भित्र विवरण पठाउन स्थानीय तहहरुलाई ताकेता गरेको छ ।

नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै २८ असारको १ बजेभित्र मन्त्रालयमा विवरण पठाउन निर्देशन दिएका छन् ।

मन्त्रालयले स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुका लागि वार्षिक रुपमा आवश्यक पर्ने पारिश्रमिक, महंगी, पोशाक, स्थानीय भत्ता र चाडबाड खर्च सम्बन्धित तहमा विनियोजन गरिएको जनाउँदैं अहिले स्थानीय तहबाट पारिश्रमिक र भत्ता रकम अपुग भएकाले माग आइरहेको उल्लेख गरेको छ । मन्त्रालयले अपुग रकम २८ असार १ बजेभित्र माग गनुपर्ने जनाएको छ ।

यदि उक्त समयअवधिभित्र माग नगरिए त्यस्ता मागहरुमा कुनै कारवाही नहुने पनि स्पष्ट पारेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ