२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभोलिबाट भेरोसेल र जोनसनको खोप लगाइने, कसले लगाउन पाउने ?

भोलिबाट भेरोसेल र जोनसनको खोप लगाइने, कसले लगाउन पाउने ?


काठमाडौँ -सरकारले ७७ वटै जिल्लामा ५५ वर्षदेखि माथिकालाई कोभिड-१९ विरुद्धको खोप भेरोसेलको पहिलो डोज दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  स्वास्थ्य सेवा विभागले मंगलबारबाट ७७ वटै जिल्लामा ५५ वर्षदेखि माथिकालाई भेरोसेलको पहिलो डोज दिने निर्णय भएको जनाएको हो।

यसपटकको खोप अभियानमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले पनि भेरोसेल खोप लगाउन पाउने छन्।

यसको साथै खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई पनि उक्त खोप दिने निर्णय गरेको छ ।

यस्तै, भोलिबाटै देशभर अमेरिकी खोप जोनसन एण्ड जोनसन खोप अभियान पनि संचालन हुने भएको छ। उक्त खोप ५० वर्ष देखि ५४ वर्षका उमेर समुहका व्यक्तिलाई लगाइने निर्णय भएको विभागले जनाएको हो।

विभागका अनुसार यो खोप पूर्ण र अति अशक्त अपांगता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थयकर्मी तथा सरसफाईकर्मीलाई दिइनेछ । जोनसन खोप एक डोज लगाए मात्रै पुग्छ ।

आज मात्रै अमेरिकाबाट जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप नेपाल ल्याइएको हो। कोभ्यासको सप्लाई चेन प्रयोग गरेर ल्याइएको उक्त खोप अमेरिकी सरकारले नेपाललाई सहयोग गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ