२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७७ वटै जिल्लाबाट भेरोसेल र जोनसोन एण्ड जोनसोन खोप लगाइदैं

७७ वटै जिल्लाबाट भेरोसेल र जोनसोन एण्ड जोनसोन खोप लगाइदैं


काठमाडौं—सरकारले ७७ वटै जिल्लाबाट अमेरिकी खोप जोनसोन एण्ड जोनसोन र चिनियाँ खोप भेरोसेलको लगाउन सुरु गरेको छ । २८ असारको स्वास्थ्यमन्त्रीस्तरीय निर्णयअनुसार ७७ वटै जिल्लाबाट मंगलबारदेखि खोप दिन थालिएको हो ।

मन्त्रालयकाअनुसार चिनियाँ सिनोफार्म कम्पनीको पहिलो डोज ५५ वर्ष र त्यो भन्दामाथिको उमेर समूहकालाई दिइदैंछ ।

यस्तै, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकहरुलाई भेरोसेलको पहिलो डोज दिइनेछ ।

यस्तै, एक मात्र डोज लगाए पुग्ने अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोनको खोप पनि लगाउने तयारी स्वास्थ्य मन्त्रालयको छ ।

उक्त खोप ५० देखि ५४ वर्ष समूहका पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अति अपांगकता (वर्ग क र ख) भएका नागरिक र हाल नेपालमा बसिरहेका शरणार्थीहरुलाई दिइनेछ ।

यस्तै, जोनसोन एण्ड जोनसोनको खोप छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीहरुले पनि लगाउन पाउनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ