२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारको होला जसैजस पाउने भाग्यमानी स्वास्थ्यमन्त्री ? यी हुन् ८ कारण

को होला जसैजस पाउने भाग्यमानी स्वास्थ्यमन्त्री ? यी हुन् ८ कारण


काठमाडौं—सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेस दिएसँगै नयाँ मन्त्रीमण्डल गठनको तयारी भएको छ । सम्भवतः आजै देशले नयाँ प्रधानमन्त्रीसँगै सम्भवतः नयाँ स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि पाउने छ ।

अरुबेला त्यति प्राथमिकतामा नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले सबैको चासो हुन पुगेको छ । यसको कारण कोभिड–१९ महामारी रोकथामका लागि नेतृत्व गर्ने लाइन मिनिष्ट्री हो । महामारीका कारण ठूलो बजेट भएका कारण पनि विस्तारै प्रभावशाली नेताहरुको नजरमा यो मन्त्रालय पर्न थालेको छ ।

केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा मन्त्रालयमा ५ जना मन्त्री फेरिए । कोभिड–१९ को महामारी सुरु भएको डेढ वर्षमा नै तीन जना मन्त्री परिवर्तन भए । महामारी सुरु हुनै लाग्दा कोभिड–१९ सामाग्री खरिदमा सरकार विवादमा तानियो । कोभिड–१९ को पहिलो लहरमा स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री खरिद र केही मेडिकल इक्वीपमेन्ट सरकारले जम्मा गर्न सकेको थियो । तर, दोस्रो लहरमा त्यसले छेक्न सकेन । तथापि, पहिलो र दोस्रो लहरको बीचमा सरकारले एचडियु, आईसीयु र भेन्टिलेटर किन्न निकासा गरेको बजेट समयमा नै अस्पतालहरुले खरिद नगर्दा दोस्रो लहरको सुरुवाती दिन निकै कष्टकर रहन पुगे ।

दोस्रो लहर आउनु अघि नै सरकारले सुरु गरेको खोप अभियान भारतमा रहेको सेरम इन्टिच्युटले बैना लगेर पनि १० लाख डोज खोप नदिदा सरकार धेरै आलोचित बन्न पुग्यो । खोपको विश्व बजारको व्यापारीकरणका कारण पनि खोप उपलब्धता अप्ठ्यारो अवस्थामा पुगेको थियो । पटक–पटक मन्त्री परिवर्तन तथा महामारीको चपेटामा पनि केही राम्रा काम भने नभएका होइनन् । सरकारले बीचमा गरेका केही कामका कारण अब आउने स्वास्थ्यमन्त्रीको लागि जस लिने अवसर हुन सक्छ ।

१. कोभिड–१९ खोपको सुनिश्चतता
धेरै मात्रामा कोभिड–१९ खोपको सुनिश्चितता भइसकेको छ । हालसम्म चीनबाट १८ लाख सहयोग र ८ लाख खरिद गरी २६ लाख डोज भेरोसेल खोप आइसकेको छ । नन् डिस्कोजेवल एग्रिमेन्ट भएका कारण थप कति आउँदै छ खुलाइएको छैन । भारतबाट सुरुमा १० लाख डोज कोभिशिल्ड अनुदान, १ लाख भारतीय सेनाले नेपाली सेनालाई उपहार, सेरम इस्टिच्युटसँग २० लाख डोज खरिदमध्ये १० लाख आइसकेको गरी २१ लाख आइसकेको र १० लाख आउन बाँकी रहेको छ । पछिल्लो समय अमेरिकी सरकारले (एक डोज मात्र लगाए पुग्ने) जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप सहयोग गरेको छ । कोभ्याक्सअन्र्तगतको ३ लाख ५० हजार डोज खोप प्राप्त गरिसकेको छ । स्वास्थ्यका अधिकारीहरुकाअनुसार कात्तिकसम्म कम्तिमा ३३ प्रतिशत जनतालाई खोप लगाउने सुनिश्चितता भइसकेको छ । अब आउने स्वास्थ्य मन्त्रीले यसको सिधा जस पाउने छन् ।

२. मेडिकल इक्वीपमेन्ट
कोभिड–१९ को पहिलो लहरमा पीपीईको अभाव, कोभिड टेष्ट गर्न हङकङ पठाउनुपर्ने बाध्यता रहेको थियो । दोस्रो लहरमा आइपुग्दा परिक्षणको विषयवस्तु सामान्य भइसकेको थियो । त्यो बेला आईसीयु, एचडियु, भेन्टिलेटर अभाव भयो । सुरुको एक हप्ता अक्सिजन अभावमा धेरैको ज्यान गयो । दोस्रो लहर कम आँकेर बसेको सरकारका लागि ठूलो चुनौती थियो । तर, सरकार, गैरसरकारी संयन्त्र, निजी क्षेत्र र विदेशमा रहेका नेपालीहरुको सहयोगले अहिले अक्सिजन, आईसीयु, एचडियु, भेन्टिलेटर आवश्यक मात्रामा रहेको स्वास्थ्य आपूर्ति व्यवस्था महाशाखाको तथ्यांकबाट देखिन्छ । अब ती सामाग्रीलाई कसरी व्यवस्थापन गर्ने र नियमितता गर्ने भन्ने पाटो मात्र रहेको छ ।

३. प्रशस्त बजेट
कोभिड–१९ महामारीका कारण स्वास्थ्यमा ठूलो बजेट थप भएको छ । धेरै समयपछि स्वास्थ्यमा राज्यको लगानी ७ प्रतिशत माथि पुगेको छ । जसले गर्दा स्वास्थ्य नेतृत्वले खुलेर बजेट खेलाउन पाउने अवस्था छ ।

४. अधिकांश पालिकामा अस्पताल निर्माणको क्रममा छन् । समयमै काम सकेर शिल्यान्यास र उद्घाटन गर्न पाउने अवसर पनि नयाँ स्वास्थ्यमन्त्रीलाई छ ।

५. वीर अस्पतालको जनशक्ति र संरचनागत व्यवस्था सम्पन्न भएको छ । तत्काल ८३१ कर्मचारी थप्ने जस नयाँ मन्त्रीले पाउनेछन् ।

६. सिडिसी, प्रत्यायन प्राधिकरण, प्रतिष्ठान छाता ऐन र अस्पताल विकास समिति छाता ऐनको मस्यौदा अन्तिम चरणमा छ । त्यो संसदबाट पास गराए अब बन्ने मन्त्रीले नै जस पाउनेछन् ।

७. सरकारी अस्पतालमा हिजोको तुलनामा इक्वीपमेन्ट, अक्सिजन प्लान्ट, आईसीयु, एचडियु, भेन्टिलेटर धेरै थपिएका छन् । अब जनशक्ति व्यवसथापन गर्नुपर्ने हुन्छ । जसले गर्दा तेस्रो भेरियन्ट आएमा हिजोको जस्तो अक्सिजन, आईसीयु र भेन्टिलेटरको हाहाकार नहोला ।

८. कोभिड–१९ को अर्काे लहर नआए कोभिड समयमा थप गरेको संरचना र इक्वीपमेन्टले सामान्यतयाः कोही नागरिक निजी अस्पताल जान नपर्ने गरी संरचना बनिसकेको छ । अब आउने स्वास्थ्यमन्त्रीले जनशक्ति व्यवस्थापनलाई महत्व दिनुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ