२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका यी ४४ स्थानबाट लगाइदैंछ खोप, खोप लगाउन जाँदा के चाहिन्छ ?

काठमाडौंका यी ४४ स्थानबाट लगाइदैंछ खोप, खोप लगाउन जाँदा के चाहिन्छ ?


काठमाडौं-कोभिड-१९ खोप अभियानलाई थप प्रभावकारी तथा व्यवस्थित गर्न गठित जिल्ला समन्वय तथा अनुगमन समिति काठमाडौंले काठमाडौं जिल्लामा ४४ स्थानबाट खोप लगाउने निर्णय गरेको छ ।

सरकारले आजबाट भेरोसेल र ४ साउनबाट जोनसोन एण्ड जोनसोन खोप लगाउने निर्णय गरेको छ । समितिले गरेको निर्णयमा काठमाडौंमा महानगरपालिकामा १८ वटा अस्पतालबाट, कागेश्वरीमा मनोहरा, तारकेश्वर, टोखा, नागार्जुन, चन्द्रागिरी र शंखरापुर नगरपालिका ३—३ स्थानबाट र कीर्तिपुर, बुढानिलकण्ठ, गोकर्णेश्वर र दक्षिणकाली नगरपालिकाका २—२ स्थानबाट खोप दिने निर्णय गरेको हो ।

खोप लगाउन आउने व्यक्तिहरुले उमेर समूहको हकमा उमेर खुल्ने कुनै परिचय पत्र, प्राध्यापक शिक्षकहरुले सम्बन्धित निकायको परिचयपत्र, सवारी चालक र सहचालकहरुले चालक परिचय पत्र, सवारी साधन नं. र व्यवसायिक संघबाट विवरण माग गरेर प्रमुख जिल्ला प्रमाणीकरण गरेको सूचीको आधार खोप दिइनेछ ।

विदेश जाने नागरिकका हकमा भिसा र पासपोर्टका आधार र पूर्ण र अति अशक्त अपांगता सरकारले जारी गरेको परिचयपत्र आवश्यक पर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ