२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ करोड ३१ लाख डोज कोभिड खोप सुनिश्चित भैसक्यो, देशमा खोपको अभाव छैन : प्रधानमन्त्री ओली

१ करोड ३१ लाख डोज कोभिड खोप सुनिश्चित भैसक्यो, देशमा खोपको अभाव छैन : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप नेपालमा १ करोड ३१ लाख डोज सुनिश्चित भैसकेको बताएका छन्। मंगलबार सिहंदरवार छाड्नु अघि देशबासीको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले १ करोड ३१ लाख डोज सुनिश्चित भैसकेको हुँदा देशमा अब कोभिड खोपको अभाव नरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘१ करोड ३१ लाख डोज सुनिश्चित भैसकेको छ, अब देशमा खोपको अभाव छैन।’ उनले नेपाल खोप उत्पादक कम्पनी नभएपनि कोभिड खोप वितरण कार्यलाई तीव्रता दिएको जनाएका छन्।

लगातार खोप लगाउने कार्यलाई अघि लैजाने र यस २०२१ भित्र देशका ठुलो जनसंख्यामा खोप लगाइसक्ने प्रधानमन्त्री ओलीले प्रतिवद्दता जनाए।

२ करोडभन्दा बढी खोपको डोज खरिद प्रक्रियामा गैसकेको समेत प्रधानमन्त्री ओलीले दावी गरेका छन्। जसमा सरकारले बालबालिकामा लगाउन मिल्ने थप ६० लाख डोज फाइजर खोप पनि खरिद प्रक्रिया अगाडी बढाएको उनको भनाई छ।

प्रधानमन्त्री ओलीले मंगलबार मात्रै जापानले थप १६ लाख डोज एस्ट्रेजेनिका खोप कोभ्याक्स सुविधामार्फत नेपाल पठाउने निर्णय भएको जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड खोप सुनिश्चित, #देशबासीको नाममा सम्बोधन, #प्रधानमन्त्री ओली


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ