२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतत्काल वार्ता गरी प्रतिष्ठानको समस्या सामाधन गर्न विज्ञ समूहको सरकारसँग आग्रह

तत्काल वार्ता गरी प्रतिष्ठानको समस्या सामाधन गर्न विज्ञ समूहको सरकारसँग आग्रह


काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन गरिरहेका आन्दोलनरत पक्षसँग तत्काल आवश्यक वार्ता गरी समस्याको समाधान गर्न सरकारसँग विज्ञ समुहले आग्रह गरेको छ।

मंगलबार प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. मदन उपाध्याय सहित प्रा.डा. रुपा सिंह राजभण्डारी, डा. सुज्दरमणि दिक्षित, डा. शेखर कोइरालाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै ‘विपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाउदै तत्काल समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् ।

विज्ञहरुले अनावश्यक दलीय भागबन्डा र स्वार्थ अभिप्ररित राजनैतिक हस्तक्षेत्र गर्ने तथा विज्ञहरुले सिफारिस गरेको मापदण्ड अनुसार पदाधिकारी नियुक्त नगर्दा नै प्रतिष्ठान अहिले समस्याग्रस्त भएको गुनासो पोखेका छन्।

शिक्षा र अनुसन्धानको स्तर दिनानुदिन खस्किदै गएको, प्रतिष्ठान आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र व्यवस्थापकीय अन्यौलता तथा असफलताको शिकार बन्दै गएकाले भन्दै उनीहरुले जारी विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेका छन्।

करिब एक महिना देखि ‘विपी प्रतिष्ठान शुद्धीकरण अभियान’ लिएर प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु आन्दोलनमा छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ