२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअर्थमन्त्री शर्माको पहिलो निर्णयः खोपका लागि ५ अर्ब, जोखिम भत्ता रकम सदर

अर्थमन्त्री शर्माको पहिलो निर्णयः खोपका लागि ५ अर्ब, जोखिम भत्ता रकम सदर


काठमाडौं—नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोभिड—१९ विरुद्धको खोपका लागि थप ५ अर्ब रकम निकासा दिने निर्णय गरेका छन् । बुधबार विहान पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा शर्माले खोपका लागि थप ५ अर्ब निकासा दिने निर्णय गरेका हुन् ।

यस्तै, उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता निकासा सम्बन्धि निर्णय पनि गरेका छन् । अहिले कोभिड—१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् ।

मन्त्री शर्माले पदभार ग्रहणका क्रममा कोभिड—१९ को महामारीबाट अर्थतन्त्रलाई उठाउन आफूले भूमिका खेल्ने बताए ।

उनले आफू अनुहार, जात र झण्डा नहेरी काममा केन्द्रित हुने बताए । मन्त्री शर्माले सरकार कोभिड १९ महामारीबाट जनताको जीवन रक्षामा केन्द्रित हुने पनि बताए ।

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि बसेको पहिलो क्याबिनेट बैठकले चैत्रभित्र सबैलाई खोप दिइसक्ने र एक हप्ताभित्र जोखिम भत्ता दिने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ