२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्तो छ पछिल्ला ९ वर्षको पिजी लाइसेन्स परीक्षाको नतिजा, कुन वर्ष कति उत्तीर्ण ?

यस्तो छ पछिल्ला ९ वर्षको पिजी लाइसेन्स परीक्षाको नतिजा, कुन वर्ष कति उत्तीर्ण ?


काठमाडौं—नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले पोष्ट ग्राजुयट (पिजी)का लागि स्पेशल लाइसेन्सका परीक्षा लिने गर्छ । पछिल्ला ९ वर्षमा उक्त परीक्षामा पास हुने दर निरन्तर ओरालो लागेको पाइएको छ ।

काउन्सिलको तथ्यांकअनुसार सन् २०१२ मा २९५ विद्यार्थीले स्पेशल एक्जाममा दिएकामा २७४ अर्थात ९२.९ प्रतिशत पास भएका थिए । सन् २०१३ मा ५८८ जनाले पिजीको लाइसेन्स परीक्षा दिएकामा ५०८ अर्थात ८६.४ प्रतिशत पास भएका छन् ।

सन् २०१४ मा ८२९ जनाले पिजीको लाइसेन्स परीक्षा दिएकामा ६३१ जना पास भए । जुन ७६.१ प्रतिशत हो । सन् २०१५ मा ६६३ जना पिजीको लाइसेन्स परीक्षामा सहभागी भएकामा ५०१ जना पास भए । जुन ७५.६ प्रतिशत हो ।

यस्तै, सन् २०१६ मा ९९१ जनाले पिजीको लाइसेन्स परीक्षा दिएकामा ६३६ जना पास भए । जुन ६४.२ प्रतिशत हो । सन् २०१७ मा १४६९ ले पिजीको स्पेशल लाइसेन्स एक्जाम दिएकामा ९४८ अर्थात ६४.५ प्रतिशत मात्रै उत्तीर्ण भए ।

सन् २०१८ मा ११८२ जनाले विशेषज्ञ लाइसेन्स परीक्षा दिएकोमा ७४५ जना र सन् २०१९ मा १३७४ जनाले लाइसेन्स परीक्षा दिएकामा ८७२ जना उत्तीर्ण भए । जुन क्रमसः ६३ र ६३.५ प्रतिशत हो ।

सन् २०२० मा आइपुग्दा ११६३ जनाले पिजीको लाइसेन्स परीक्षा दिएकामा ७५५ जना अर्थात ६४.९ प्रतिशत उत्तीर्ण भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ