२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसामान्यले माग्यो स्वास्थ्य सेवातर्फका सचिवका दाबेदार १३ जनाको पाँच वर्षे कासमु

सामान्यले माग्यो स्वास्थ्य सेवातर्फका सचिवका दाबेदार १३ जनाको पाँच वर्षे कासमु


काठमाडौं—सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यसेवा तर्फको सचिवका दाबेदारहरुको कार्यसम्पादन मुल्यांकन (कासमु) माग गरेको छ । २१ असारको मन्त्रिपरिषद् बैठकले गायब पारिएको स्वास्थ्य सेवातर्फका सचिवको दरबन्दी स्वीकृत गरेसँगै सामान्यले सचिवका दाबेदारहरुको कासमु माग गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि १० जना ११ औं तहका ५ वर्ष सेवाअवधि पुगेका र तालिम लिएका अधिकृतहरु र १२ औं तहका तीन जना प्रमुख विशेषज्ञको नाम सिफारिस गरेको थियो । उनीहरुको नाम सामान्यमा आएसँगै सबैको पाँच वर्षे कार्य सम्पादन मुल्यांकन पठाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको सामान्य प्रशासन स्रोतले जानकारी दियो ।

जसमा तीन प्रमुख विशेषज्ञहरु डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ, डा. दिपेन्द्रमरण सिंह १२ औं तहका रहेका छन् । यस्तै, ११ औं तहका १० जनामा डा. भीमसिंह टिकंरी, डा. गुणराज लोहनी, डा. तारा पोखरेल, सुनिलराज शर्मा घिमिरे, डा. कृष्ण पौडेल, डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय, डा. संगीता कौशल मिश्रालगायतका रहेका छन् ।

‘१३ जना स्वास्थ्य सेवातर्फतको सचिवका लागि योग्य रहेतापनि १२ औं तहका तीन जनाबाटैं सचिव हुने सम्भावना बढी छ ,’ सामान्य स्रोतले भन्यो, ‘ऐनमा व्यवस्था भएअनुसार योग्यता पुगेका सबैको कासमु हेर्न खोजिएको हो ।’ अढाई वर्षदेखि स्वास्थ्य मन्त्रालयमा प्राविधिकतर्फका सचिव छैनन् ।

तत्कालीन सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा जागिर खान गएसँगै स्वास्थ्य सचिवको पद नै गायब थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ