२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १० दिनका लागि निषेधाज्ञा थप, पसल खोल्ने समय १ घण्टा बढाइयो

काठमाडौं उपत्यकामा १० दिनका लागि निषेधाज्ञा थप, पसल खोल्ने समय १ घण्टा बढाइयो


काठमाडौं -काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिनका लागि लम्बाइएको छ। बिहिबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप १० दिनका लागि निषेधाज्ञा लम्बाएको हो।

बैठकका अनुसार यस निषेधाज्ञामा पनि सभा, सम्मेलन,ब्युटी पार्लर, सैलुन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल भने बन्द नै रहने छ ।

पसल खोल्ने समय भने एक घण्टा थप गरेको छ । यसअघि ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने निर्णय भएको छ ।

यस्तै, विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

सार्वजनिक यातायातले मापदण्ड पालना गरी क्षमताअनुसार यात्रु राखेर संचालन गर्नुपर्ने उल्लेख छ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं उपत्यका, #जिल्ला प्रशासन कार्यालय, #निषेधाज्ञा थप


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ