२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका

नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका

५२ प्रतिशत यौनकर्मीले यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्दैनन्


काठमाडौं–सुईको माध्यमबाट लागु औषध सेवन गर्ने अधिकांश महिला पुरुष उच्च शिक्षा हासिल गरिरहेका वा गरिसकेका रहेको पाइएको छ ।

राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको एक सर्वेक्षणमा लागु औषध सेवन गर्ने ४२ दशमलव २ प्रतिशत पुरुष र ६१ दशमलव ७ प्रतिशत महिला प्रवेशिका परिक्षा उत्तीर्ण गरेका रहेको देखाएको छ ।

प्रत्येक वर्ष यौन रोगको जोखिम क्षेत्रमा रहेकाको एकीकृत जैविक तथा व्यवहार सम्बन्धी गरिने सर्वेक्षणले सो तथ्यांक बाहिर ल्याएको हो । केन्द्रले सन् २०२० को सो अध्ययन सार्वजनिक गरेको हो । जसमा १ हजार ६ सय ९० पुरुष र १ सय ५० जना महिला लागु औषध प्रयोगकर्ताको सहभागिता रहेको थियो ।

सर्वेक्षणमा छनोट भएका जिल्ला प्रदेश १ मा मोरङ, प्रदेश २ मा सर्लाही, बागमतीमा काठमाडौं, गण्डकीमा कास्की, लुम्बिनीमा रुपन्देही, कर्णालीमा सुर्खेत र सुदूरपश्चिमबाट कैलाली जिल्ला छानिएको थियो ।

के छ नतिजामा ?

पुरुष

  • लागु औषध प्रयोगकर्ताको औसत उमेरः २८
  • २५ वर्ष माथिका ५९ प्रतिशत
  • अविवाहित ५७ प्रतिशत
  • प्लस टु पास गरेका ४२.२ प्रतिशत
  • नियमित एचआईभी जाँच गराउने ४६ प्रतिशत
  • नियमित यौन साथीसँग यौन सम्पर्क गर्दा ६४ प्रतिशतले कण्डम प्रयोग गर्ने गरेको
  • कहिलेकाहीँको यौन साथीसँग ३० प्रतिशतले मात्र कण्डम प्रयोग गर्ने गरेको
  • यौनकर्मीसँग सम्पर्क गर्ने ४६ प्रतिशतले कण्डम नलगाएर यौन सम्पर्क गरेको
  • १९ प्रतिशतले सुई साटासाट गर्ने गरेको
  • ९२ प्रतिशतले एउटै सुई धेरै पटक प्रयोग गरेको

महिला

  • औसत उमेर : २५ वर्ष
  • ५५ प्रतिशत विवाहित, ४६ प्रतिशत २५ वर्षमुनिका
  • ६१ दशमलव ७ प्रतिशत एसईई पास गरेका
  • महिला ४८ प्रतिशतले एचआईभी परीक्षण गराउने गरेको
  • ५२ प्रतिशत महिलाले अन्तिम पटक यौन सम्पर्क गर्दा कण्डम प्रयोग नगरेको
  • नियमित यौन सम्पर्क गर्ने साथीसँग ४६ प्रतिशतले कण्डम प्रयोग गर्ने गरेको
  • ९ प्रतिशत सुई साटासाट गर्ने गरेको

क्याटेगोरी : समाचार
ट्याग : #कण्डम, #यौन रोग, #यौन सम्पर्क, #यौन साथी, #यौनकर्मी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ