२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा भेरोसेलको खोप कार्यक्रम स्थगित

काठमाडौंमा भेरोसेलको खोप कार्यक्रम स्थगित


काठमाडौं—जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंले कोभिड—१९ विरुद्धको खोपको पहिलो मात्रा भोलि लगाउने कार्यक्रम स्थगित गरेको छ । भेरोसेल खोपको मात्रा सकिएपछि भोलिका लागि तय भएको खोप अभियान अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंले २९ असारदेखि जेठ २ गतेसम्म पहिलो डोज खोप लगाउने कार्यक्रम सार्वजनिक गरेको थियो ।

तर, खोप सकिएपछि अर्को सूचना नभएसम्मका लागि पहिलो डोज खोप लगाउने भोलिको निर्धारित कार्यक्रम स्थगित गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ