२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनले कोभिड-१९ विरुद्धको थप १६ लाख डोज खोप सहयोग गर्ने

चीनले कोभिड-१९ विरुद्धको थप १६ लाख डोज खोप सहयोग गर्ने


काठमाडौं—उत्तरी छिमेकी देश चीनले थप १६ लाख डोज कोभिड—१९ विरुद्धको भ्याक्सिन सहयोग गर्ने भएको हो । शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले थप खोप सहयोग गर्ने बताएकी हुन् ।

प्रधानमन्त्री देउवासँग राजदूत यान्छीको भेटपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनले थप १६ लाख डोज कोभिड—१९ विरुद्धको भ्याक्सिन दिन लागेको जानकारी गराएको हो । मन्त्रालयकाअनुसार चीनले आउने दिनहरुमा पनि यस महामारी विरुद्ध सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट हट्दैं गर्दा चीनले थप १६ लाख डोज खोप सहयोग गर्ने कमिटमेन्ट भएको बताएका थिए । पहिले नै चीनले दिने भनेर घोषणा गरेको उक्त खोप देउवा प्रधानमन्त्री भएपछि बधाई दिन पुगेकी राजदूत यान्छीले औपचारिक रुपमा जानकारी गराएकी हुन् ।

सो भेटमा प्रधानमन्त्री देउवाले चीन सरकारले गरेको खोप सहयोग प्रति धन्यवाद व्यक्त गरेका छन्।

यसअघि चीनले १८ लाख डोज कोभिड—१९ विरुद्धको भ्याक्सिन अनुदानमा दिइसकेको छ ।

यस्तै, सरकारले चीनबाट ४० लाख डोज खोप ननडिस्पोजेबल एग्रीमेन्टमा खरिद गरेको छ । जसमध्ये ८ लाख डोज खोप पहिलो खेपमा नेपाल ल्याइसकेको छ भने अर्को खेप खोप ल्याउन भोलि नेपाल वायुसेवा निगमको वाइडबडी चीन जाँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ