२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफेल भएका ‘डाक्टर’ले लाइसेन्स किर्ते गरेको आरोपमा पक्राउ

फेल भएका ‘डाक्टर’ले लाइसेन्स किर्ते गरेको आरोपमा पक्राउ


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । आइतबार विहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा विजयश्याम रन्जितलाई महाराजगन्जबाट पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका—२ का ३६ वर्षीय विजयश्याम काउन्सिलले लिएको लाइसेन्स परीक्षामा सहभागी भएर अनुतीर्ण भएका थिए । परीक्षणमा अनुतीर्ण भएपछि उनले काउन्सिलले जारी गर्ने स्थायी दर्ता प्रमाणपत्र किर्ते गरेको पाइएको हो ।

उनले काउन्सिलको १०८५५ नम्बरको प्रमाणपत्रमा काउन्सिलको छाप लगाएर रजिष्ट्रारको दस्तखत समेत किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । जुन दर्ता नम्बर अर्कै चिकित्सकको हो ।

सिआईबीका प्रवक्ता श्यामकुमार महतोकाअनुसार विजयश्यामले केही समय धापासीस्थित ग्राण्डी अस्पतालमा काम गरेका थिए । ‘उनले केही समय ग्राण्डी अस्पतालमा काम गरेका थिए,’ उनले हेल्थआवाजसँग भने, ‘त्यही बेला उनीमाथि कागजाग किर्ते गरेको उजुरी परेको थियो । त्यहीमाथि अनुसन्धान गर्दै जाँदा पक्राउ गरिएको हो ।’

उनलाई लिखत सम्बन्धी कसुरमा कारवाहीका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ