२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनशनरत प्रा.डा. यादवका माग सम्बोधन गर्न प्रजातान्त्रिक चिकित्सक संघको आग्रह

अनशनरत प्रा.डा. यादवका माग सम्बोधन गर्न प्रजातान्त्रिक चिकित्सक संघको आग्रह


काठमाडौँ – अनशनरत काँग्रेस नेता तथा प्रा. डा. चन्द्रमोहन यादवले उठाएको मागहरु सम्बोधन गर्न प्रजातान्त्रिक चिकित्सक संघले माग गरेको छ। संघले आइतबार विज्ञप्ति जारी गरी प्रा. डा. यादवको अनशनप्रति ध्यानाकर्षण भएको जनाउँदै उनको मागहरु सम्बोधन गर्न माग गरेको हो।

‘प्रा.डा. यादवले राखेको जायज मागहरु सम्बोधन गरी जीवन रक्षाका निम्ती वार्ता र संवादमार्फत उत्पन्न समस्याको समाधान गर्न सरकारसँग जोडदार माग गरेका छौँ, ‘संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रा.डा. यादव सहित ३ जना नेता विगत ९ दिनदेखि राजनीतिक मागहरु राखेर आमरण अनशन बसिरहेका छन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #अनशनरत प्रा.डा. यादव, #प्रजातान्त्रिक चिकित्सक संघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ