२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने

नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने


काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलले अब हरेक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । अस्पतालले अब आउने शनिबारबाटै सो सेवा प्रदान गर्न लागेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् ।

नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजमा सो ओपिडी सेवा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्व जानकारी समावेश गरिने छ।


क्याटेगोरी : कर्पोरेट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ