२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कक्षा १२को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न शिक्षा समितिको निर्देशन

कक्षा १२को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न शिक्षा समितिको निर्देशन


काठमाडौँ – संसदको शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न निर्देशन दिएको छ। बुधबार बसेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले साउने ३१ देखि हुने १२ कक्षाको परीक्षा केन्द्रमा कम्तिमा एउटा स्वास्थ्यकर्मी र परीक्षा हलमा स्वास्थ्यका सामग्री राख्न निर्देशन दिएको हो।

कोभिड संक्रमणलाई मध्यनजर गर्दै संक्रमितको परीक्षाका लागि छुटै हल व्यवस्था गर्ने, परीक्षा केन्द्रमा भिडभाड हुन् नदिने, सकेसम्मधेरै केन्द्र बनाउन पनि समितिले निर्देशन दिएको छ।

त्यस्तै, समितिले सम्भब भएसम्म कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन र कोभिड परीक्षण गर्न सरकारलाई सुझाव दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ