२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइदैं

आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइदैं


काठमाडौं—काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु भएको छ । बिहीबार विहान १० बजेबाट खोप लगाउन सुरु गरिएको हो ।

यो खोप अभियान १८ साउनसम्म जारी रहनेछ । ५० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुको हकमा काठमाडौं महानगरपालिकाका खोप लगाउनका लागि ३२ वटा वडामा केन्द्र तोकिएको छ ।

यस्तै, अन्य दश वटा नगरपालिकाले नजिकको स्वास्थ्य केन्द्रबाट खोप दिनेछन् ।

यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुले राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामति अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप लगाउन सक्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ