२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजब पूर्व सांसदले अस्पताल प्रमुखलाई एम्बुलेन्समा थुनेर जथाभावी गाली गरे…

जब पूर्व सांसदले अस्पताल प्रमुखलाई एम्बुलेन्समा थुनेर जथाभावी गाली गरे…


काठमाडौं–राष्ट्रियसभाका पूर्व सदस्य चन्द्रबहादुर खड्काले आफ्नी आमाको उचारमा खटिएका चिकित्सकहरुलाई दुर्व्यवहार गरेका छन् ।

१३ साउनमा नेता खड्काकी आमाको उपचारको लागि अर्घखाँची अस्पतालमा लगिएको र थप उपचारका लागि काठमाडौं रेफर गर्ने क्रममा उपचारमा संलग्न अस्पतालका निमित्त प्रमुख डा. कपिल गौतम, डा. पुजा पन्थीलगायतलाई अपशब्द बोलेको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

रिफर गरेर बिरामीलाई एम्बुलेन्समा राख्न गएका निमित्त प्रमुख डा. गौतमलाई ‘यो डाक्टरको यहाँ काम छैन, यसलाई पनि काठमाडौं लैजानुपर्छ । बिरामीसँगै जान्छ’ भन्दै ढोका थुनिदिएको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकहरुले बिरामीको अवस्था गम्भीर भएको हुँदा थप काठमाडौं लैजान उपयुक्त हुने सल्लाह दिएका थिए ।

तर, नेता खड्काले बिरामीलाई सार्ने क्रममा डाक्टर तथा स्वास्थ्यकर्मीलाई ‘त हो होस् ? यहाँको ओजेटी, नर्स सबैको डाक्टर सबैको नाम लेखेर दे, मेरो बिरामीलाई केही तलमाथि परेमा सबै जिम्मेवार हुन्छौ ’ भन्दै धम्क्याएका थिए ।

अस्पतालका निमित्त प्रमुख र अर्घखाँची विकास समितिका अध्यक्ष श्रीकृष्ण भुषालले विज्ञप्ती जारी गरी स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहार भर्त्सना गरेका छन् । साथै दोषीमाथि कानुनअनुसार कारवाहीको माग समेत गरेका छन् ।

खड्का माओवादी केन्द्रकोतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले र माओवादी पार्टी एकीकरण भएर विभाजन भएसँगै उनी एमालेतर्फ लागेका थिए । माओवादी केन्द्रले उनलाई पार्टीबाट कारवाही गरी सांसदबाट निलम्बन गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #अर्घखाची अस्पताल, #एम्बुलेन्समा थुनेर जथाभावी गालि, #जथाभावी, #जथाभावी गाली गरे, #पुर्व सदस्य चन्द्र बहादुर खड्का


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ