२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘श्रमिक मार्न पाइदैन’ भन्दै केएमसी अस्पतालमा कर्मचारीहरुको नारावाजी [फोटो फिचर]

‘श्रमिक मार्न पाइदैन’ भन्दै केएमसी अस्पतालमा कर्मचारीहरुको नारावाजी [फोटो फिचर]


काठमाडौँ– काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि आफूले खाइपाइ आएको सेवा सुविधा कटौती गरेको भन्दै कर्मचारीहरुले सोमबार देखि कलेज अगाडी आन्दोलनमा उत्रिएका हुन् ।

कलेजमा डा. सुनिल शर्माको नेतृत्वमा नयाँ व्यवस्थापन आएपछि उनले गरेको कर्मचारीको सेवा सुविधा कटौती, नयाँ व्यस्थापनले परिक्षणकाल पूरा गरेका कर्मचारीलाई स्वत : स्थायी गर्नुपर्नेमा सो नगरेको र उपचार सुविधा खारेज गरेको कारण आन्दोलनमा उत्रिएको कर्मचारीहरुको भनाइ छ।

‘श्रमिक मार्न पाइदैन’, ‘२०७७को व्यस्थापिका मान्दैनौं’, ‘पूरानो व्यवस्था फिर्ता गर’, कार्यालयमा कर्मचारी प्रवेश निषेध ज्यादती लगायतका  नारा अस्पतालका कर्मचारीहरुले लगाइरहेका छन्  ।

हेल्थआवाजका लागि फोटो पत्रकार नवराज वाग्लेले काठमाडौँ मेडिकल कलेजस्थित कर्मचारीहरुले नारा लगाउँदै गर्दा कैद गरेका तस्बिरहरु :-


क्याटेगोरी : समाचार
ट्याग : #कर्मचारीहरुको नारावाजी, #केएमसी अस्पताल, #केएमसीमा विवाद


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ