२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप


काठमाडौं—कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)मा विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ । आइतबार दिउँसो स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम विरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपमा ४ जना कर्मचारी घाइते भएका छन् ।

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले ८ महिनादेखि नपाएको कोभिड—१९ जोखिम भत्ता पाउनुर्ने, औषधी उपचार भत्ता, सेवा विस्तार भत्ता पाउनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

स्वास्थ्यकर्मीहरुले अस्पताल सुधारको माग पनि गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)